काठमाडाैं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारबाट राजीनामा नदिने बताएका छन् ।
बुधबार मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्दै उनले आफूले राजीनामा दिए देश बर्बादीतर्फ जाने बताएका छन् ।
‘तपाईहरु विचार गर्नुस के मैले राजीनामा दिन मिल्छ ? मेरा लागि होइन देशका लागि मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतर्फ जान दिनु हो । त्यसकारण मैले राजीनामा दिनेवाला छैन्,’ उनले भने ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्रीको राजीनामा माग भइरहेका बेला उनको यस्तो भनाई बाहिर आएको हो ।
प्रतिक्रिया