+
Search

ताजा अपडेट +

पपुलर +

युटुबमा रिलिज भयो अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’

4KNationalDaily
२०७७ कार्तिक २१, शुक्रबार ०७:२३ बजे

काठमाडाैं- हलमा रिलिज भएको डेढ बर्षपछि चलचित्र ‘ए मेरो हजुर ३’ युटुबमा रिलिज भएको छ ।

झरना थापाको निर्देशनमा तयार भएको यो चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । चलचित्रमा नायक अनमोल केसी, नायिका सुहाना थापा र कलाकार सलोन बस्नेतको मुख्य भूमिका छ ।

चलचित्रले हलमा सुपरहिटको व्यापार गरेको थियो । यो चलचित्रमा नायक अनमोल केसी सुपरस्टार गायकको भूमिकामा देखिएका छन् । यस्तै, नायिका सुहाना थापालाई भने उनको फ्यानको भूमिकामा देखाइएको छ ।

युटुबमा आउनु अगाडि चलचित्रलाई विदेशमा, टीभीमा पनि रिलिज गरिएको थियो । युटुबमा पनि यो चलचित्रलाई दर्शकले मन पराउने विश्वास निर्माणपक्षको छ ।

चलचित्र ‘ए मेरो हजुर ३’ युटुबमा रिलिज भैरहँदा यसको निर्माणपक्षले ‘ए मेरो हजुर ४’को छायांकन सुरु गरिसकेको छ ।

https://www.youtube.com/watch?v=7OZC65XsLV0&feature=emb_title

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily