काठमाडौं– गायक प्रमोद खरेल र गायिका अन्तरा उपाध्यायको युगल स्वर रहेको गीत ‘निरमाया’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।
डान्सिङ शैलीको गीतमा शब्द संगीत तुंग नेपालको रहेको छ । गीतमा मोहित मुनालको संगीत संयोजन रहेको छ ।
भिडियोमा युवायुवती बीचको प्रेम र आकर्षण देखाउन खोजिएको छ ।
पुष्प खड्का र गरिमा शर्माको अभिनय रहेको भिडियोमा शुभम भुजेलले कोरियोग्राफी र बुद्ध थापाको छायाँकन रहेको छ । विकास धमलाको सम्पादन रहेको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।
प्रतिक्रिया