काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पार्टीभित्र अन्तरविरोध चर्किरहेका बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
शनिबारमात्रै कार्यकारी अध्यक्ष प्रचण्ड र नेता नेपालसहित पाँचजना सचिवालय सदस्यले बैठक बोलाउन लिखितपत्र ओलीलाई बुझाएका थिए । त्यसक्रमा ओली र प्रचण्सहितका नेताहरुबीच कटुतापूर्ण सवाल जवाफ भएको थियो ।
प्रचण्डसँग यस्तो सवाल जवाफ भएको भोलिपल्ट नेता नेपालसँग ओलीले भेट गरेका हुन् । नेकपमा ध्रुवीकरण बढिरहेका बेला यसअघि कात्तिक ४ र ११ गते ओली र नेपालबीच भेटवार्ता भएको थियो ।
प्रतिक्रिया