+
Search

ताजा अपडेट +

पपुलर +

कर्मचारीलाई संक्रमण देखिएपछि गोरखा नगरपालिका पाँच दिन बन्द

4KNationalDaily
२०७७ कार्तिक २३, आईतवार १६:३७ बजे

गाेरखा– तीन कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि पाँच दिनका लागि गोरखा नगरपालिकाकाे अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ।

सोमबारबाट कार्यालयका दैनिक कार्य कार्तिक २८ सम्म रोकिएको प्रशासनले जनाएको छ। गोरखा नगरपालिकामा शिक्षकहरुलाई संक्रमण देखिएपछि नीजि र सामुदायिक विद्यालय बन्द गरिएको छ।

नगरभित्रका केही विद्यालयका शिक्षकहरुमा कोरोना भाइरस संक्रमण देखिएको भन्दै कात्तिक २४ गतेदेखि मंसिर ६ गतेसम्म निजी र सरकारी विद्यालयमा पठनपाठन बन्द गराएको हो ।

कात्तिक २४ गतेदेखि २८ गतेसम्म नगरपालिका कार्यालय र वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिएका छन् ।

पन्तले गोरखा नगरपालिका क्षेत्रबाट बाहिर जाने र बाहिरबाट आउनेहरुले टोल विकास संस्था र वडा कार्यालयमा जानकारी गराउन आग्रह गरेका छन् ।

त्यस्तै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र बैंक तथा वित्तीय संस्था, सार्वजनिक यातायात र पसलमा भिड नगरिदिन पनि उनले अनुरोध गरेका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily