काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपणपछि झनै जोश बढेर गएको अनुभव सुनाए ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेताले सचिवालय बैठकका लागि सहमति माग्दै लिखित पत्र बुझाएको भोलिपल्ट प्रधानमन्त्री ओलीले बरिष्ठ नेता माधवकुमार नेपालसँगकाे भेटमा यस्ताे बताएका हुन् ।
‘अपरेसनपछि झनै जोश बढेको छ, फुलेका जुँगा कालो हुन थालेको छ’, प्रधानमन्त्रीको भनाइ उधृत गर्दै छलफलमा सहभागी एक नेताले भने । बालुवाटारमा अढाइ घण्टाभन्दा बढी भएको छलफलमा पार्टी विवादबारे कुराकानी भएको थियो ।
प्रतिक्रिया