+
Search

ताजा अपडेट +

पपुलर +

घट्यो सुनको भाउ, कतिमा भयाे काराेबार !

4KNationalDaily
२०७७ कार्तिक २५, मंगलवार १६:४९ बजे

काठमाडौं- मंगलबार सुनको भाउमा उच्च गिरावट आएको छ । नेपाली बजारमा सुनको प्रतितोला मूल्य एकैदिन तीन हजार चार सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार ९८ हजार दुई सयमा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार ९४ हजार ८ सय रुपैयाँ आईपुगेको छ । यस्तै महासंघले तेजाबी सुनको मूल्य मंगलबारका लागि ९४ हजार तीन सय रुपैयाँ तोकेको छ ।

यस्तै चाँदीको प्रतितोला मूल्यमा पनि ७० रुपैयाँको गिरावट आएर १२ सय १५ रुपैयाँ भाउ पुगेको महासंघले जनाएको छ ।

कोरोना बिरुद्धको खोप ९० प्रतिशतसम्म प्रभावकारी रहेको भन्ने सोमबारको अन्तर्राष्ट्रिय समाचारको प्रभाव सुन बजारमा परेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily