गाेरखा- बारपाक-सुलिकोट गाउँपालिका वडा न ८ पन्दुङ्ग जराङ्गको ब्रहमचारिणी आधारभूत विद्यालयका तत्कालिन विद्यालय व्यबस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकलाई गाउँपालिकाले पदमुक्त गरेको छ ।
तत्कालिन प्रधानाध्यापक धनबहादुर सुर्खेति र विद्यालय व्यबस्थापन समिति अध्यक्ष निरबाहदुर गुरूङ्गको मिलेमत्तोमा आर्थिक चलखेल भएको खबर गोरखा सन्देशमा प्रकाशित भएपछि गाउँपालिकाले पदमुक्त गरेको हाे ।
व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकको मिलेमत्तोमा करिब १० लाख चलखेल भएकाे भन्दै गाेरखा सन्देशले समाचार प्रकाशित गरेकाे थियाे ।
तत्कालिन शिक्षा कायलय गोरखा मातहातको डिएलपिको सहयोगमा भवन निर्माणका लागि अार्थिक बर्ष २०७४ / ०७५ मा ७०-७० लाख रुपैयाँका दरले बजेट अाएकाे थियाे ।
दुईवटा विद्यालय भवन र १५ लाख रुपैयाँको एउटा शाैचालय भवन निर्माण गरेबापत प्राप्त रकम हिनामिना गरी ठेकेदार र निर्माण सामग्रीका सप्लायर्सलाई भुक्तानी नदिएको भन्दै दुवैजनालाई गाउँपालिकाले पदमुक्त गरेको थियो ।
भवन निर्माणको रकम हिनामिना गरेको, शिक्षक कर्मचारीलाई समयमा तलब नदिएको, दिए पनि पूरै नदिएको, संचयकोष र नागरिक लगानी कोष पनि जम्मा नगरेको लगायतका बिषयमा उनीहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा चलिरहेकाे छ ।
‘चेक बाउन्स’ नहुन समय सिमा
तत्कालिन विद्यालयका अध्यक्ष र प्रधानाध्यपकविरूद्व थप कार्वाहि नहाेस भन्दै जिल्ला प्रहरी कार्यालयले विद्यालयकाे खातामा पैसा जम्मा गर्न समय दिएकाे छ । पैसा दिएको अन्तिम म्याद बुधबारसम्म उनीहरूले सामान खरिद गरेको पसले र कामदारका नाइकेका लागि १० लाख रुपैयाँ ग्लोबल आइएमई वैँकको खातामा जम्मा गरेका हुन् । बाँकी करिब १३ लाख रुपैयाँ बिहिबार बिहान जम्मा गर्ने प्रतिवद्धता जनाएका वडाअध्यक्ष कृष्णबहादुर गुरुङले जानकारी दिए ।
अध्यक्ष गुरुङ र प्रअ सुर्खेतीले यसअघि दिएको बाउन्स चेक च्यातेर बुधबार नयाँ चेक दिएका छन् । ‘आइतमानलाई १४ रुपैयाँको र कामदारका नाइके मोहन खत्रीलाई ७ लाख ९५ हजारको नयाँ चेक दिएका छन्’, उनले भने, ‘खातामा रकम भने जम्मा १० लाख जम्मा गरेका छन् । बाँकी रकम भोलि जम्मा गर्ने प्रतिवद्धता जनाएका छन् ।’
प्रतिक्रिया