काठमाडौँ- नेकपा सचिवालय बैठकअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित बहुमत सचिवालय सदस्यको भेला खुमलटारमा छलफल सुरु गरेका छन्।
शुक्रबार हुने सचिवालय बैठकअघि रणनीति बनाउन बहुमत सचिवालय सदस्य प्रचण्ड निवास खुमलटारमा जुटेका हुन्।
छलफलमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेता सहभागी भएका छन् ।
बैठकमा आफ्नो पक्षका तर्फबाट कसरी प्रस्तुत हुने भन्ने विषयमा नेताहरु छलफलमा जुटेका हुन्। अर्का अध्यक्ष एवम प्रधानमन्त्री केपी ओली लामो प्रयासपछि बैठक राख्न सहमत भएकाले थप गृहकार्यका लागि भेलामा सहभागी भएका हुन्।
यसअघि बहुमत सचिवालय सदस्यको अनौपचारिक भेला पार्टी केन्द्रीय कार्यालयमा हुने गरे पनि बिहीबार खुमलटारमै भेला भएका छन्। यसअघि गत कात्तिक १४ र १८ गते गरी दुईपटक धुम्बाराहीमा बहुमत सचिवालय सदस्यले भेला गरेका थिए।
प्रतिक्रिया