+
Search

ताजा अपडेट +

पपुलर +

स्मिताले ल्याइन् ‘मालिङ्गो’, हकरको भूमिकामा राजेश हमाल [भिडियो]

4KNationalDaily
२०७७ मंसिर ५, शुक्रबार ०९:२६ बजे

काठमाडौं– गायिका स्मिता दाहालको नयाँ ‘श्रव्य दृश्य’ सङ्ग्रह सार्वजनिक भएको छ।

आफैँले गाएको गीतको म्युजिक भिडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता महानायक राजेश हमालको जोडीका रुपमा देखिएका छन्। स्मिता र राजनराज शिवाकोटीको स्वर रहेको ‘मालिङ्गो’ बोलको गीतको भिडियो बिहीबार सार्वजनिक भएको हो।

भिडियोले बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई देखाएको छ। भिडियोमा राजेश हमाल पत्रिका पुर्‍याउने हकरको भूमिकामा देखिएका छन्।

सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा शिवाकोटीको सङ्गीत, उदयराज पौडेलको संयोजन, श्यामश्वेत रसाइलीको मिक्सिङ छ भने सम्पादन भूपेन्द्र अधिकारी तथा कलर रेनिस फागोको रहेको छ।

सुनील क्षेत्रीको कथा/कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियो नवराज उप्रेतीले खचेका हुन्। भिडियो सरोज ओलीको निर्देशनमा तयार भएको हो।

भिडियो

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily