+
Search

ताजा अपडेट +

पपुलर +

कमजोर कार्यशैलीले सोचेजस्तो विकास भएन : बाबुराम भट्टराई

4KNationalDaily
२०७५ फाल्गुन ११, शनिबार १९:४४ बजे

दैलेख- नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले राजनीतिक परिवर्तनपछि कमजोर कार्यशैलीका कारण सोचेजस्तो विकास हुन नसकेको बताएका छन् ।

पार्टीको एक महीने अभियानका क्रममा दैलेख सदरमुकाममा भएको सुशासन र सदाचार अन्तरक्रिया कार्यक्रम बाेल्दै उनले अख्तियार आयोगको जस्तै संस्थागत सुधार गर्न नसके सुशासन र सदाचार हुन नसक्ने टिप्पणी गरे ।

बेलैमा ध्यान नदिए ५० वर्षसम्म पनि देश विकासको स्थिति यस्तै रहनसक्ने खतरा औँल्याउँदै उनले विज्ञान र प्रविधिले पुरातन विश्वास भत्काएका कारण आशा जगाएको बताए ।

सोही अवसरमा जिल्लास्थित राजनीतिक दल, शिक्षक, बुद्धिजीवी, नागरिक समाज र सर्वसाधारणले सशस्त्र युद्धकालमा भएको मानवीय तथा भौतिक क्षतिको दोषबाट नयाँ शक्ति उम्कन नहुने, पीडितको न्यायका लागि दायित्व लिनुपर्ने, सामाजिक तथा सांस्कृतिक समस्याका विषयलाई समेत जनसंवादको विषयवस्तुमा समेट्न सुझाव दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily