काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या दुई लाख नाघेको छ।
सोमबार तीन हजार ४३ जना कोरोना संक्रमणमुक्त भएसँगै आजसम्म सन्चो हुनेको संख्या दुई लाख दुई हजार ६७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणमुक्त हुने यो संख्या ९०.९ प्रतिशत हो। नेपालमा आजसम्म दुई लाख २२ हजार दुई सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
संक्रमित मध्ये हालसम्म एक हजार तीन सय ३७ जनाको मृत्यु भएको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ४८४ रहेको छ।
प्रतिक्रिया