+
Search

ताजा अपडेट +

पपुलर +

निर्वाचन क्षेत्र विकास कार्यक्रममा क्षेत्र नम्बर १ : स्वास्थ्य र शिक्षालाई प्राथमिकता

4KNationalDaily
२०७७ मंसिर १०, बुधबार ०९:३८ बजे

गोरखा- स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष)को ४ करोड रकम बाँडफाट भएको छ । निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद हरिराज आधिकारीको क्षेत्रमा सांसद विकास कोषबाट प्राप्त रकम विभिन्न योजनामा बाँडफाट गरिएको हो ।

नयाँ-पुरानो गरि ३० वटा आयोजनालाई रकम बिनियोजन गरिएको छ । जसमध्य गोरखा नगरपालिकाका विभिन्न आयोजनालाई ४७ लाख ४० हजार बिनियोजन गरिएको छ । त्यस्तै सहिदलखन गाउँपालिकालाई ६६ लाख रुपैयाँ छुट्याइएको छ । त्यसमा जम्मा ६ आयोजना रहेका छन्।

गण्डकी गाउँपालिकाको बिभिन्न आयोजानाको लागि कुल ५९ लाख रकम बिनियोजन भएको छ । जहाँ ५ वटा आयोजना रहेका छन्। भिमसेन गाउँपालिकाको लागि कुल ५५ लाख रकम छुट्याइएको छ। उक्त गाउँपालिकामा ४ वटा आयोजना छनोट गरिएको छ।

त्यसैगरि आरुघाट गाउँपालिकामा विभिन्न आयोजना छनोट गरि कुल ५७ लाख रुपैयाँ छुट्याइएको छ । जसमा ४ वटा आयोजना छनोट भएका छन्। धार्चे गाउँपालिकाको ५ आयोजनाको लागि ६७ लाख रकम बिनियोजन गरिएको छ।

चुम्नुर्बी गाउँपालिकाको लागि उक्त कोषबाट ३ आयोजनाको लागि ४५ लाख रुपैयाँ छुट्याइएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily