+
Search

ताजा अपडेट +

पपुलर +

थप २३ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १४३५ पुग्यो

4KNationalDaily
२०७७ मंसिर १२, शुक्रबार १६:३० बजे

काठमाडौं- नेपालमा कोरोना एकै दिन थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसअघि बिहिबार पनि २३ जना संक्रमितको मृत्यु भएको थियो।

एकै दिन १ हजार ७ सय ३ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ। गत २४ घण्टामा १० हजार ४ सय ६० जनाको पिसिआर परीक्षण भएको छ।

योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख १० हजार ४ सय ६० लाख पुगेको छ। हाल ६ सय १ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily