+
Search

ताजा अपडेट +

पपुलर +

नम्रता श्रेष्ठले जितिन् ‘मिस नेपाल वर्ल्ड’को उपाधि

4KNationalDaily
२०७७ मंसिर २१, आईतवार ०७:४२ बजे

काठमाडौं- मिस नेपाल वर्ल्ड २०२० को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन्। शनिवार साँझ भएको फिनालेमा श्रेष्ठले मिस नेपाल वर्ल्डको ताज पहिरिएकी हुन्।

यस्तै, मिस नेपाल अर्थको उपाधि सुप्रिया श्रेष्ठ र सिमल कनौजियाले मिस नेपाल सुपरनेश्नल २०२० को उपाधि जितेका छिन्।

यसैगरी, ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि सन्ध्या शर्माले पहिरिइन्। कोरोना संक्रमणका कारण यसपटक पहिला जस्तै कार्यक्रम गरी मिस नेपाल आयोजना गरिएन।

यसपटक पार्क भिजेल रिसोर्टमा थोरै संख्यामा मात्रै मानिसहरु उपस्थित गराइ कार्यक्रम सम्पन्न गराइएको हो। यो बर्षको ‘मिस ब्यूटी विथ दि प्रपोज’को उपाधि श्रद्धा शर्माले जितिन् ।

यस्तै, ‘मिस हेल्दी’ नग्मा सरकार, ‘मिस फोटोजेनिक’ आशिका श्रेष्ठ, ‘मिस पपुलर च्वाइस’ श्रद्धा शर्मा, ‘मिस ग्ल्यामर’ योजना भट्टराई, ‘मिस स्टाइलिस’ मेरिसा सिंह सुवाल, ‘मिस वेमन अफ सब्स्टान्स’ सन्ध्या शर्मा, ‘मिस इन्टिलेक्चुअल’ नम्रता श्रेष्ठ, ‘मिस फिटनेश’ सुवांगी खत्री र ‘मिस टुरिज्म’को टाइटल रिया श्रेष्ठले जितिन् । सब–टाइटल विजेताहरुले जनही २५ हजार प्राप्त गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily