काठमाडौं- पछिल्लो समयको सर्वाधिक हिट गीत ‘मेरो एक्सको छम्मा’की गायिका सिर्जना खत्री (हाउडेमाया) र गायक टेक अधिकारी स्वरमा नयाँ मौलिक लोकदोहोरी गीत ‘ओइ माया’ सार्वजनिक भएको छ।
टेक अधिकारीको शब्द, रेशम प्रधानको संगीत तथा एरेन्ज रहेको गीतको भिडियोमा हास्यकलाकार सुबोध गौतम (एदुमे) र आयुष्मा कार्कीको साथमा राजु भुजेल, देव बराल, फरिता खड्का लगायतको अभिनय रहेको छ।
एक्सन फिल्मसको अफिसियल युट्युबबाट भिडियो सार्वजानिक गरिएको छ ।
करिब डेड दशकदेखि नेपाली सांगीतिक छेत्रमा सक्रिय गायक टेक अधिकारीको यसअघि सिर्जना खत्री (हाउडेमाया)सँगको सहकार्यमा ‘ओइ सानी’, ‘छडके तिलहरी’ लगायत गीतहरु आइसकेका छन् भने उनको शब्द तथा संगीतमा आधुनिक, देशभक्ति र लोक तथा दोहोरी गरी दर्जनौं गीतहरु बजारमा आइसकेका छन्।
भिडियो
प्रतिक्रिया