+
Search

ताजा अपडेट +

पपुलर +

एथ्लेटिकोको अपराजित यात्रामा रियलको पूर्णविराम

4KNationalDaily
२०७७ मंसिर २८, आईतवार ०८:१४ बजे

काठमाडौं– ला लिगाको शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडको यो सिजनको अपराजित यात्रामा डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले अन्त्य गरिदिएको छ । शनिबार राति भएको म्याड्रिड डर्बीमा रियल २–० गोलले विजयी बनेको हो ।

खेलको १५ औँ मिनेटमा कासिमेरोले टोनी क्रुसको कर्नरमा हेडमार्फत् गोल गर्दै रियललाई अग्रता दिलाए । दोस्रो हाफमा ड्यानी कार्भाहालको उत्कृष्ट प्रहार पोष्टमा लागेर रिबाउन्ड हुँदै एथ्लेटिकोका गोलकिपर जान ओब्लाकको ढाडमा लागेर गोलमा परिणत भएको थियो ।

आजको खेलअघि डिएगो सिमिओनीको टोलीले लगातार सात खेल जितेको थियो भने यसक्रममा मात्र दुई गोल खाएको थियो । तर, शनिबारको खेलमा भने रियल हाबी बन्यो । जीतसँगै रियल तेस्रो स्थानमा उक्लिएको छ ।

१२ खेलबाट रियलको २३ अंक रहेको छ भने एक खेल कम खेलेको एथ्लेटिकोको २६ अंक रहेको छ । शनिबार नै भएका अन्य खेलमा भ्यालेन्सिया र एथ्लेटिक बिल्बाओ २–२ को बराबरीमा रोकियो भने सेभियाले गेटाफे र हुएस्काले आलाभेसलाई समान १–० को गोलअन्तरले पराजित गर्यो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily