काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदसम्वन्धी अध्यादेश जारी गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा बैठकमा नजाने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ आव्हान गरेको परिषद बैठकमा देउवा नजाने भएका हुन् ।
अध्यादेश ल्याउनु अलोकतान्त्रिक क्रियाकलाप भएको भन्दै प्रमुख प्रतिपक्षी दलको नेता शेरबहादुर देउवाले साँझ बोलाएको परिषद् बैठकमा नजाने बताएका छन् । कांग्रेसले यसलाई षड्यन्त्रका रूपमा लिएको छ ।
नेता रमेश लेखकले परिषद् कांग्रेस बैठकमा नजाने बताएका छन । ‘अध्यादेश यसरी ल्याउनु अलोकतान्त्रिक क्रियाकलाप हो,’ लेखकले भने, ‘अध्यादेशपछिको बैठकमा कांग्रेस जादैन ।’
कांग्रेसले आज बैठक बस्नु अगाडि पनि नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई अध्यादेश ल्याएको खण्डमा परिषद्को बैठकमा सहभागी नहुने जानकारी गराएका थिए ।
कांग्रेसका अर्का नेता रामहरि खतिवडाले भने, ‘उपसभामुख नियुक्तिको कुरा टुंगो नलागुञ्जेल बैठकमा नजान भनेर हामीले भनेका छौं ।’
प्रतिक्रिया