+
Search

ताजा अपडेट +

पपुलर +

आर्सनललाई हराउँदै सिटी सेमिफाइनलमा प्रवेश

4KNationalDaily
२०७७ पुष ८, बुधबार ०९:४७ बजे

काठमाडौं– म्यानचेस्टर सिटी इएफएल कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। आर्सनललाई ४–१ गोलअन्तरले पराजित गर्दै सिटी अन्तिम चारमा प्रवेश गरेको हो।

सिटीको जितमा गाब्रियल जेसुस, रियाद महारेज, फिल फोडेन र एमेरिक लापोर्टेले गोल गरे। यता, घरेलु टोलीका एलेसान्द्र लाकाजेटले गोल फर्र्काए।

खेलको तेस्रो मिनेटमा नै गोल गर्दै गाब्रियल जेसुसले १–० गोलको अग्रता दिलाए। खेलको ३१ औं मिनेटमा लाकाजेटले गोल गरेपछि आर्सनलले पहिलो हाफसम्म १–१ गोलको बराबरी खेलेको थियो।

खेलको ५४ औं मिनेटमा रियाद महारेजले गोल गर्दै सिटीलाई २–१ गोलको अग्रता दिलाए। त्यस्तै, ५९ औं मिनेटमा फोडेनले गोल गर्दा ७३ औं मिनेटमा फोडेनकै एसिस्टमा लापोर्टेले गोल गर्दै सिटीलाई ४–१ गोलको जित दिलाए।

त्यस्तै, मंगलबार राति नै भएको अर्को खेलमा न्युक्यासललाई १–० गोलले पराजित गर्दै ब्रेन्टफोर्ड पहिलो पटक ठूला प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो। ब्रेन्टफोर्ड आफ्नो १३१ वर्षे इतिहासमा पहिलो पटक इएफएल कपको सेमिफाइनलमा पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily