+
Search

ताजा अपडेट +

पपुलर +

सोमपाल, करण र कुशलले टि–१० लिग खेल्ने

4KNationalDaily
२०७७ पुष ९, बिहीबार ०८:५५ बजे

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका सोमपाल कामी, करण केसी र कुशल मल्लले युएईमा टि–१० क्रिकेट लिग खेल्ने भएका छन्। बुधबार राति भएको ड्राफ्टबाट तीन फरक टिमले सोमपाल, करण र कुशललाई अनुबन्धित गरेका हुन्।

सोमपाललाई मराठा अरेवियन्सले अनुबन्धित गर्दा पुने डेभिल्सले करणलाई र कुशललाई टिम अबुधाबीले अनुबन्धित गरेका हुन्। अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा सोमपालको यो दोस्रो पटक हो।

यसअघि सोमपालले ग्लोबल टि–२० क्यानाडा लिग खेलेका थिए। करण र कुशल भने अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा पहिलो पटक अनुबन्धित भएका हुन्।

नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का टिम अबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा केही दिनअघि अनुबन्धित भएका थिए। उनले गएको सिजन भने खेलाडीको रुपमा टिम अबुधाबीबाट खेलेका थिए।

सोमपाल, करण र कुशल तीन खेलाडी अलराउण्डर हुन्। तीब्र गतिका बलर सोमपाल र करण बलिङ अलराउण्डर हुन् भने कुशल ब्याटिङ अलराउण्डरको भूमिकामा खेल्छन्।

योसँगै टि–१० क्रिकेट लिगमा अनुबन्धित हुने नेपाली खेलाडीको संख्या पाँच पुगेको छ। यसअघि सन्दीप लामिछाने र पारस खड्काले टि–१० लिग खेलेका थिए।

जनवरी २८ देखि फेब्रुाअरी ६ सम्म आयोजना हुने टि–१० लिगमा अनुबन्धित भइसकेपछि सोमपाल, करण र कुशललाई सबैले बधाइ दिइरहेका छन्।

एकदमै राम्रो समाचार भन्दै सन्दीप लामिछानेले बधाइ दिएका छन्। उनले भनेका छन्, ‘टि–१० लिगबाट एकदमै राम्रो समाचार आएको छ। छनोट हुने हाम्रा केटाहरुलाई धेरै बधाई छ। गौरव छ सबैमा।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily