+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीलाई पौडेलको चुनौती- चुनाव लड्न तनहुँ आउनुुस्

4KNationalDaily
२०७७ पुष ९, बिहीबार १७:४७ बजे

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूसँग चुनाव लड्न चुनौति दिएका छन् ।

केन्द्रीय कार्य समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले आफूलाई ‘चुनाव हार्ने डरले प्रतिनिधिसभा विघटनको विरोध गरेको’ भनी ओलीले लगाएको आरोपको प्रतिवाद गरेका हुन् ।

पौडेलले भने– मलाई तनहुँमा चुनाव हार्छ भन्ने केपी ओलीजी अर्को उम्मेवार नपठाउनुस्। तपाई मसँग चुनाव लड्न आउनु, म तपाईसँग प्रतिस्पर्धा गर्न तयार छु ।

ओलीले असंवैधानिक कदम चालेर लोकतन्त्रको हत्या गरेकाले कांग्रेस संविधान बचाउँन आन्दोलनमा उत्रिनुपर्ने उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily