+
Search

ताजा अपडेट +

पपुलर +

बल्खु पुगेर नेपालले भने : नेकपाको मूल धार र मूल शक्ति हामी हौँ, अरुले दावी नगरे हुन्छ

4KNationalDaily
२०७७ पुष ९, बिहीबार १८:१४ बजे

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टीको मूल धार र मूल शक्ति आफूहरु भएको दावी गरेका छन्।

बिहीबार बबरमहलको कार्की पार्टी प्यालेसमा बसेको केन्द्रीय समितिको बैठकलगत्तै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल लगायतका नेताहरुसहित तत्कालीन एमालेको कार्यालय रहेको बल्खुमा पुगेर मदन भण्डारीको सालिकमा माल्यापर्ण गरेपछि उनले यस्तो बताएका हुन्।

‘नेपाल कम्युनिस्ट पार्टी नेकपाको मूल धार हामी हौँ, मूल शक्ति हामी हौँ’, नेपालले भने, ‘अरु कसैले दावा नगर्दा हुन्छ।’ उनले चोइटिएर जानेलाई विगतका कमीकमजोरी स्वीकारेर एकतावद्ध हुन आग्रहसमेत गरे।

अहिले सिंगो राष्ट्र नै अनिश्चयको भूमरीमा परेको, ठूलो त्याग तपस्या र बलिदानबाट ल्याएको संविधान, जनताबाट निर्वाचित जनप्रतिनिधिलाई कुल्चने काम भएको र प्रतिनिधिसभालाई विघटन गर्ने कदम प्रधानमन्त्री ओलीबाट चालिएको बताए। उनले त्यो कदम आफूहरु अस्वीकार गर्ने बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily