काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार ओलीले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
विस्तारित मन्त्रिपरिषदमा श्रममन्त्रीको जिम्मेवारी प्रभु साहलाई दिइएको छ। यस्तै पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिने तयारी गरिएको छ।
यस्तै टोप बहादुर रायमाझीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिने तय भएको छ । मन्त्री हुने सबै पूर्वमाओवादी हुन्। त्यस्तै पूर्व एमालेबाट प्रेम आले, गणेश ठगुन्ना र विमला विकसमेत रहेका छन् ।
पार्टीभित्रको कलहका कारण सरकारले काम गर्न नपाएको भन्दै मन्त्रिपरिषदले प्रतिनिधिसभा विघटन गरी वैशाखमा चुनाव गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
राष्ट्रपति विध्यादेवी भण्डारीले सरकारको सिफारिस सदर गर्दै वैशाखको १७ र २७ गतेका लागि निर्वाचनको मिति तोकेकी थिइन।
प्रतिनिधिसभा विघटनको निर्णयमाथि असहमति जनाउँदै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा वरिष्ठ नेता माधवकुमार नेपालसहित रहेको असन्तुष्ट पक्षका सात मन्त्रीले राजीनामा गरेका थिए।
सामूहिक राजीनामा दिनेमा कृषि मन्त्री घनश्याम भुषाल, पर्यटन मन्त्री योगेश भट्टराई, उर्जा मन्त्री वर्षमान पुन, शिक्षा मन्त्री गिरिराजमणी पोखरेल, बन मन्त्री शक्ति बस्नेत, श्रम मन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री विना मगर छन्।
प्रतिक्रिया