+
Search

ताजा अपडेट +

पपुलर +

ओलीले अदालत विघटन अध्यादेश ल्याउने र विद्याले हस्ताक्षर गरे के हुन्छ ?’

4KNationalDaily
२०७७ पुष ११, शनिबार १९:२८ बजे

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओलीलाई नयाँ राजा बन्न खोजेको आरोप लगाएका छन् ।

‘यदि ओलीले अदालत विघटन गर्ने अध्यादेश ल्याउने र राष्ट्रपतिले हस्ताक्षर गर्ने हो भने के हुन्छ ?,’ उनको प्रश्न थियो ।

धादिङ–काठमाडौ सम्पर्क मञ्चको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै नेता पाण्डेले प्रचलित संवैधानिक व्यवस्था कुल्चिँदै जाँदा जे गरे पनि हुने अवस्था सिर्जना हुने बताए । नेता पाण्डले राजा फाल्ने जनताले नयाँ राजा बन्न खोजेका ओलीलाई बाँकी नराख्ने तर्क गरे ।

‘ओलीको प्रतिगामी कदमविरुद्ध पुस १४ गते बिशाल प्रदर्शनमा सहभागी बनौं । लोकतन्त्र अपहरण हुन लाग्दैछ,’ नेता पाण्डेले भने, ‘ओलीजी नयाँ राजा बन्ने कुचेष्टा नगर्नुस् । जनताले बाँकी राख्दैनन् ।’

नेता पाण्डेले अदालत, निर्वाचन आयोग सबै हाम्रो भन्ने प्रचार ओलीले गरिरहेको भन्दै नेपालमा संविधान, कानुन पनि रहेको हेक्का राख्न चेतावनी दिए । ‘अहिले नेकपा एमाले भन्ने छैन । तत्कालीन एमाले र माओवादी केन्द्र एक भएर बनेको नेकपा मात्र छ,’ उनले भने, ‘अहिले फुटेर गएको पार्टी ओलीको मुकुन्डो मात्रै हुन्छ ।’

नेता पाण्डेले ओलीको झुट र बदमासीविरुद्ध कार्यकर्ताहरुलाई प्रष्ट पार्न आह्वान गरे ।

नेता पाण्डेले भने, ‘४३५ सदस्यको आधा २१८ हो, अहिले नेकपाको पछिल्लो बैठकमा २९४ जनाको उपस्थित छ । ७० प्रतिशतले गरेको निर्णय बैधानिक की ३० प्रतिशत पनि संख्या नभएको गुटको भेला बैधानिक ? नेकपा बिभाजित छैन । ओलीले केहि मान्छे चोइटाएर लैजानु भएको छ ।’

नेता पाण्डेले नेकपा पार्टी र चुनाव चिन्ह सुर्यको विषयमा कुनै विवाद नरहेको भन्दै माधव–प्रचण्डले नेतृत्व गरेको पार्टी नेकपा नै वैधानिक र यसको चुनाव चिन्ह सुर्य आधिकारिक भएको बताए ।

उनले भने, ‘निर्वाचन आयोगले यो विषयमा कुनै प्रभावमा नपरी निर्णय गर्नेमा आफु विश्वस्त रहेको छु ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily