+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधिसभा विघटनको विषय राष्ट्रियसभामा उठाउन नपाइने

4KNationalDaily
२०७७ पुष १३, सोमबार १९:३४ बजे

काठमाडाैं- राष्ट्रिय सभा बैठकका लागि आवश्यक व्यवस्थापकीय काम पूरा भएको स‌ंघीय संसद सचिवालयले जनाएकाे छ। राष्ट्रिय सभाको बैठक आगामी पुस १७ गते बोलाइएको छ।

प्रतिनिधि सभा विघटनको विषयलाई राष्ट्रिय सभाको बैठकमा उठाउन नपाइने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपनि राष्ट्रिय सभाको बैठक भने पुस १७ गते बोलाइएको हाे।

राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालले संसद विघटनको सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकोले सर्वोच्चबाट निर्णय नआइकन राष्ट्रिय सभामा छलफल चलाउनु नहुने बताइन्।

प्रतिनिधि सभा विघटनपछि राष्ट्रिय सभाको अधिवेशन शुरु हुने भएपछि प्रतिनिधि सभा विघटनको विषयमा के कसरी कुरा उठ्छ भन्ने आम चासोको विषय बनेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको सातौँ अधिवेशन पुस १७ गते दिउँसो ४ बजे आह्वान गरेसँगै संघीय संसद सचिवालयले अधिवेशनको तयारी पुरा गरेको बताएको छ। यस्तै राजनीतिक दलहरु पनि आ–आफ्नो तयारीमा जुटेका छन्।

पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको विघटन गरेसँगै सबै राजनीतिक दलहरु यसको विरोधमा सडक संघर्षमा उत्रिएका छन्।

यस सन्दर्भमा राष्ट्रिय सभाको यस अधिवेशनको प्रारम्भमा नै यस विषयमा विशेष रुपमा कुरा उठ्ने सम्भावनाबारे आशंकाहरु छन्। राष्ट्रिय सभाको यस अधिवेशनतर्फ सबै राजनीतिक दल, नेता, कार्यकर्ता तथा आम जनताको ध्यान तानिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily