+
Search

ताजा अपडेट +

पपुलर +

प्रदेशसभा पनि विघटन हुन सक्छ : मन्त्री तुम्बाहाङ्फे

4KNationalDaily
२०७७ पुष २०, सोमबार १७:१७ बजे

काठमाडाैं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रदेशसभा पनि विघटन हुनसक्ने बताएकी छन् ।

केन्द्रीय राजनीतिको प्रभावका कारण संविधान, प्रदेशको ऐन, नियमावलीअनुसार प्रदेशसभा विघटन हुनसक्ने उनको भनाइ थियो ।

प्रदेश १ को राजधानी विराटनगरमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री तुम्बाहाङ्फेले संविधानमा संसद् विघटनसम्बन्धी स्पष्ट प्रावधान नरहेको पनि बताइन् ।

दुईतिहाइ मत प्राप्त सरकारलाई काम गर्न नदिइएका कारणले संसद् विघटन गर्दै ताजा जनादेशमा जानुपरेको उनको तर्क थियो । उनले समयमै निर्वाचन हुने दाबीसमेत गरेकी छन् ।

निर्वाचन हुनेमा शंका नगर्न आग्रह गर्दै उनले भनिन्, ‘निर्वाचनका लागि आयोगलाई सरकारले आर्थिक व्यवस्थापनका साथै आवश्यक सहायताका लागि तयारी गरिरहेकाले समयमै निर्वाचन हुन्छ । तयारी सुरू भइसक्यो ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily