पोखरा- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीशलाई धम्क्याइरहेको आरोप लगाएका छन् ।
अहिले प्रधानमन्त्री ओलीले न्यायधीशलाई धम्क्याएको र आफ्नो आसेपासेलाई नियुक्त गरेको नेता भट्टराईले आरोप लगाएका हुन् । ‘त्यस्तै अहिले केही भन्न सकिन्नँ, जुन हिसाबले ओलीले आसेपासेलाई नियुक्त गर्नुभएको छ र प्रधानन्यायधीशलाई धम्क्याउनु भएको छ, यहाँ के हुन्छ भन्न सकिने अवस्था छैन,’ उनले भने ।
पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले प्रतिनिधिसभा विघटन कुनै पनि हालतमा संविधानसम्मत् नभएको तर्क गरे ।
प्रतिनिधिसभा विघटन गरेर संविधानलाई नै धरासायी बनाएको उनले बताए । २९ वर्ष लडेर, सहिद भएर ल्याएको लोकतन्त्रलाई धरापमा पारिएको उनले बताए । ‘अहिले आएर किन जनयुद्ध लडिए, किन हाम्रा आफन्त तथा साथीभाइ सहिद भएछन् भन्ने दिन आएको छ,’ उनले भने ।
आम जनताको अधिकार सुरक्षित नभएसम्म ओली प्रवृत्तिविरुद्ध निरन्तर लडिरहने उनले बताए । ओलीविरुद्धको लडाईंमा हिम्मत हार्न नहुने उनको भनाई छ । संविधान अपूर्ण भए पनि जोगाउनु सबैको जिम्मेवारी भएको अध्यक्ष भट्टराईले बताएका छन् ।
सबैको अधिकार समावेश भएको संविधान नभएको उनले बताए । संसद पुनःस्थापना गर्न संघर्षका लागि एकजुट हुन उनले आग्रह गरेका छन् । ओलीले अपराध गरेकाले कारafही हुनुपर्ने उनले तर्क गरे । ओलीले विघटन गरेर अपराध गरेको उनले बताए ।
ओलीले निर्वाचन पनि नगर्ने उनले दावी गरे । ‘सबैले ओलीले निर्वाचन गरेको खण्डमा हार्छन् भनिरहेका छन्,’ उनले प्रश्न गर्दै भने, ‘आफैं हार्ने गरेर ओलीले निर्वाचन सम्पन्न गराउँछन् भनेर विश्वास गर्न सक्नुहुन्छ ?’
प्रतिक्रिया