+
Search

ताजा अपडेट +

पपुलर +

भद्रकालीको आकाशे पुलमुनि बस पल्टियो, चालकसहित ४ जना घाइते

4KNationalDaily
२०७७ माघ १, बिहीबार ०९:५७ बजे

काठमाडौं- काठमाडौं भद्रकालीमा बिहीबार बिहानै मिनिबस अनियन्त्रित भई दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।

बसपार्कबाट चन्द्रगिरी जाँदै गरेको बा ३ ख ४४३७ नम्बरको बस दुर्घटना भएको सिंहदरबार प्रहरीले वृतले जनाएको छ।

बस दुर्घटनामा परी ४ जना घाइते भएका छन्। घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

घाइतेमध्ये तीन जनाको अवस्था सामान्य रहेको छ भने बस चालक नुवाकोट घर भएका २४ वर्षीय अर्जुन तामाङको दाहिने हातखुट्टा नचलेको र अहिलेसम्म अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा २८ वर्षीया विमला वुढा, उनकी छोरी ६ वर्षीया रितु वुढा र २ वर्षीया रेजिना वुढा रहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily