+
Search

ताजा अपडेट +

पपुलर +

देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

4KNationalDaily
२०७७ माघ १, बिहीबार १७:२२ बजे

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टरलाई गोरखामा आकस्मिक अवतरण गरिएको छ ।

गाेरखाको पालुङटार नगरपालिका -२ स्थित रीप गाउँमा हेलिकप्टरलाई फोर्स ल्यान्ड गरिएको गाेरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले  बताए ।

कांग्रेसको कार्यक्रममा भाग लिन देउवा काठमाडौंबाट पर्वत जाने क्रममा थिए । देउवासंगै कांग्रेस नेताहरु गोपालमान श्रेष्ठ र अर्जुन जोशी पनि हेलिकप्टरमा सहभागि थिए ।

गोरखा प्रहरीले खराब मौसमका कारण हेलिकप्टरलाई आकस्मिक अवतरण गरिएको जनाएको छ । तत्कालिन माओवादीबाट मारिएका कांग्रेस पर्वतका नेता हरिदत्त तिवारीको स्मृति दिवसमा भाग लिन देउवा पर्वत जाँदै थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily