काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तुलना गरेका छन्।
अमेरिकाको संसदमा समर्थकद्वारा हमला गराएको आरोप लागेका ट्रम्पविरुद्ध बुधबार त्यहाँको तल्लो सदनले महाभियोग प्रस्ताव पारित गरेको छ।
Will Nepal learn from the US? Oli has committed a greater crime by assaulting the House of Representative and breaking the foundation of the federal republican democracy and the constitution. https://t.co/WK7XbkHsjH
— Baburam Bhattarai (@brb1954) January 14, 2021
यसै सन्दर्भमा पूर्वप्रधानमन्त्री डा. भट्टराईले अमेरिकाबाट नेपालले सिक्ला भनेर सामाजिक सञ्जालमार्फत प्रश्न गरेका हुन्।
उनले ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पारित भएको समाचारसहित ट्विटरमा अंग्रेजीमा लेखेका छन्, ‘नेपालले अमेरिकाबाट सिक्ला? ओलीले प्रतिनिधि सभामा आक्रमण गर्दै संघीय गणतन्त्र, लोकतन्त्र र संविधानको जग तोडेर अझ ठूलो अपराध गरेका छन्।’
प्रतिक्रिया