+
Search

ताजा अपडेट +

पपुलर +

सुदीप बरालको ‘दिलमा फोटो’ मा नाजिर र उषा [भिडियो]

4KNationalDaily
२०७७ माघ २, शुक्रबार १८:३४ बजे

काठमाडौं- छायांकार सुदीप बराल निर्देशन यात्रामा पनि उत्तिकै अगाडि बढिरहेका छन्।

उनले पछिल्लोपटक निर्देशन गरेको दिलमा फोटो बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

आरबी सिर्जन र मेलिना गुरुङको स्वरले सजिएको गीतमा वसन्त सापकोटाको शब्द रचना र संगीत रहेको छ।

रविन न्यौपानेको छायांकन रहेको यस गीतको म्युजिक भिडियोमा कविराज गहतराजको शानदार कोरियोग्राफी छ।

भिडियोमा रेनिष फागोको कलर र मनोहरी पौडेलको प्रडक्सन रहेको छ।

भिडियोमा निर्देशक सुदीप बरालले नाजिर हुसेन र उषा उप्रेतीलाई अन स्क्रिन रोमान्स गराएका छन्। गीतमा लुकीछुपी लगाएको मायाको कुरा गरिएको छ।

नाजिर पछिल्लो समयमा म्युजिक भिडियोमा बढी देखिन थालेका छन्। उनलाई दर्शकले म्युजिक भिडियोमा मन पराउँदै आएका पनि छन्।

भिडियो

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily