+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिगमनविरुद्ध सडकमा उत्रनुको विकल्प छैन: महरा

4KNationalDaily
२०७७ माघ ३, शनिबार १४:५३ बजे

दाङ– नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)का नेता कृष्णबहादुर महराले प्रतिनिधिसभा विघटनविरुद्ध जनताको ठूलो शक्ति सडकमा आउने दावी गरेका छन्।

प्रचण्ड–माधव पक्षीय दाङका अगुवा कार्यकर्ता भेलालाई शनिबार तुलसीपुरमा सम्बोधन गर्दै महराले ‘प्रतिगनम’ बढ्दै गए जनताको ठूलो शक्ति सडकमा आउने दावी गरे।

महराले भने– केपी ओलीको प्रतिगमन थप बढ्दै गयो भने ठूलो शक्तिमा जनता सडकमा उत्रिन्छन्।

पूर्वसभामुख समेत रहेका उनले सबै पार्टी र नागरिक समाज प्रधानमन्त्री ओलीको कदमविरुद्ध सडकमा उत्रिइसकेको बताए । उनले कार्यकर्तालाई छिटो भन्दा छिटो तल्लो तहमा गएर वास्तविकता बुझाउँन आग्रह समेत गरे।

‘नेकपा बहुमत जहाँ छ, जनताको बलियो साथ जता छ, त्यही उभिनुहोस्,’ उनको आग्रह छ, ‘जति छिटो जनताको माझामा वास्तविकता लैजान सकिन्छ, त्यति छिटो हाम्रो शक्ति बढ्छ। कु हट्दै जान्छ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily