+
Search

ताजा अपडेट +

पपुलर +

एस्टन भिल्लाविरुद्ध सिटीको सहज जित

4KNationalDaily
२०७७ माघ ८, बिहीबार ०८:३३ बजे

काठमाडौं– म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा उक्लिएको छ। बुधबार राति भएको खेलमा एस्टन भिल्लालाई २–० गोलले पराजित गर्दै म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको हो।

घरेलु टिम सिटीले जित निकाल्ने क्रममा बेर्नार्डो सिल्भा र इल्काय गुन्डोगानले गोल गरे। पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकेको एस्टन भिल्लाले दोस्रो हाफमा दुई गोल खान पुग्यो। खेलको ७९ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई १–० गोलको अग्रता दिलाए।

खेलको ९० औं मिनेटमा गुन्डोगानले पेनाल्टीबाट गोल गर्दै सिटीलाई २–० गोलको अग्रता दिलाए। डिबक्सभित्र एस्टन भिल्लाका माथेव कासले हातले बल छुएपछि सिटीले पेनाल्टी पाएको थियो।

अधिकांश समय बल पकड आफ्नो पक्षमा पारेको सिटीले एकपछि अर्को गोल गर्ने मौका गुमाएको थियो। एस्टन भिल्लाको पोस्टमा सिटीले २८ पटक प्रहार गरेको थियो।

यो जितसँगै सिटी दोस्रो स्थानमा उक्लिएको छ। सिटीको १८ खेलबाट ३८ अंक भएको छ। तेस्रो स्थानमा झरेको लेस्टर सिटीको १९ खेलबाट ३८ अंक नै छ। १९ खेलबाट ४० अंक बनाउँदै लिगको शीर्ष स्थानमा म्यानचेस्टर युनाइटेड रहँदा डिफेन्डिङ च्याम्पियन लिभरपुल भने चौथो स्थानमा छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily