+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल भित्रियो कोभिडविरुद्धको १० लाख डोज खोप : पाँचदिनभित्र गाेरखा आउने

4KNationalDaily
२०७७ माघ ८, बिहीबार १९:०४ बजे

गाेरखा- भारतले अनुदानबापत उपलब्ध गराएको १० लाख डोज खोप नेपाल आइपुगेको छ । काठमाडौंमा विहिबार ११ बजेर ४५ मिनेटमा एयर इन्डियाको विमानले खोप ल्याएको हो ।

त्रिभुवन विमानस्थलमा आयोजित संक्षिप्त समारोहमा भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरे ।

खोप बुझ्दै स्वास्थ्य मन्त्री त्रिपाठीले चाँडै वितरणको काम सरकारले थाल्ने बताए । मन्त्री त्रिपाठीले खोप आपूर्तिको लागि भारतीय सरकारलाई धन्यवाद समेत दिए ।

अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्च्यिुट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप नेपाल ल्याइएको हो । विमानस्थलबाट प्राप्त खोपलाई सीधै टेकुको केन्द्रिय खोप भण्डारणसम्म लगिएको छ ।

एयरपोर्टबाट तापक्रम कायम गर्न मिल्ने उपकरण जडित दुईवटा ट्रकमा टेकु लगिएको थियो । सरकारले खोपलाई शुक्रबार प्रदेशको खोप भण्डारण स्थलसम्म लग्दैछ । जिल्लागत विवरण सरकारले विहिबार साँझसम्म तयार पार्दैछ ।

पाँचदिनभित्र गाेरखा आउने

पाँच दिनभित्र गाेरखासहित सबै जिल्लामा खोप पुर्‍याउने तयारीमा सरकार जुटेको छ । खोप लगाउने दिन भने अझै तय भएको छैन । स्वास्थ्य मन्त्रालयले यसका लागि कानुनी, प्रशासनिक, आर्थिक र प्राविधिक प्रक्रिया पुरा गरेर खोप लगाउने योजना बनाएको छ ।

नेपाल सरकारले गतसाता आपतकालिन प्रयोगका लागि कोभिसिल्ड खोपलाई प्रयोगमा अनुमति दिएको हो ।

यो खोपले अन्तराष्ट्रिय स्तरमा उपयोगका लागि विश्व स्वास्थ्य संगठनबाट छिटै अनुमति पाउने सम्भावना पनि देखिएको छ ।

खोप आएपनि स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्ने सरकारको सुझाव छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily