काठमाडौं- आन्दोलनरत नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओली सरकार फासीवादतर्फ उन्मुख भएको आरोप लगाउँदै लोकतन्त्र रक्षाका लागि आफूहरू आमहडताल गर्न बाध्य भएको बताएका छन्।
बिहीबार बिहान काठमाडौंको रत्नपार्कमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली संविधान, नियम, कानुन केही नमान्ने जंगलराज, गुन्डाराजतिर अघि बढेकाले शान्तिपूर्ण आन्दोलनअन्तर्गत नै आमहडताल गरिएको बताएका हुन्।
बन्द गराउन सडकमा पुगेका प्रचण्ड-माधव समूहका नेता कार्यकर्ता पक्राउ परेका पनि परेका छन् ।
आम हड्तालका क्रममा रत्नपार्क क्षेत्रमा रहेका संघर्ष समितिका संयोजक श्रेष्ठले भने, ‘शान्तिपूर्ण कार्यक्रममा सहभागी हुन आएका धेरै साथीहरुलाई गिरफरतारी गरिएको छ, यसो नगर्नु पथ्र्यो । सरकारले द्वन्द्व तिम्त्याउछ र यसबाट निम्तने परिणामको जवाफदेही सरकार नै हुनुपर्छ ।’
ट्याक्सीमा भएको आगजनबारे सोधिएको प्रश्नमा भने उनले कहि कतै त्यस्तो भएको भए आफैं छानविन गर्ने बताए । आफूहरु शान्तिपूर्ण आन्दोलनप्रति प्रतिवद्ध रहेको भन्दै उनले भने, ‘अबान्छित तत्वहरुले बद्नाम गराउने प्रयत्न गरेका छन्, त्यसप्रति सचेत पनि छौं ।’
प्रतिक्रिया