+
Search

ताजा अपडेट +

पपुलर +

एउटा चुनाव जित्दैमा फुर्तिफार्ती गर्नुपर्दैन : प्रधानमन्त्री ओली

4KNationalDaily
२०७५ फाल्गुन २५, शनिबार २३:१७ बजे

रौतहट- प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा चुनाव जित्दैमा धेरै फुर्तीफार्ती नगर्न आग्रह गरेका छन्। राष्ट्रिय जनता पार्टी प्रति लक्ष्यित गर्दै प्रधानमन्त्री ओलीले यस्तो कुरा बताएका हुन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश २ कमिटीले आयोजना गरेको आमसभालाई रौतहटको गरुडामा सम्बोधन गर्दै उनले सरकारलाई दिएको समर्थन फिर्ता गरेर राजपाले गलत गरेको बताएका थिए।

यसैगरी उनले विकासका काम अब कुनै पनि कारणले रोकिन नसक्ने बताए। ‘स्थिरता र बहुमत भएकाले देशलाई अगाडि बढाउन सक्छौं,’ उनले भने, ‘एउटा प्रदेशमात्र होइन, सिंगै देश विकास गर्ने हो।’

तराईको विकासका लागि ३ सय ५२ सय करोड रकम छुट्याएको प्रधानमन्त्रीले जानकारी दिए।संविधान बमोजिम संरचना निर्माण भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सबै तहले विकासलाई तीब्र प्राथमिकतामा राखेको बताएका थिए।

उनले एउटा चुनाव जित्दैमा धेरै फुर्तीफार्ती नगर्न राष्ट्रिय जनता पार्टीलाई आग्रह गरेका थिए। सीके राउत नेतृत्वको स्वतन्त्र मधेस अभियान नेपालको संविधान सार्वभौमसत्ता अक्षुण्तामा सहमत भएर देश निर्माण अभियानमा सहभागी भएकोमा प्रधानमन्त्रीले खुसी व्यक्त गरे।

प्रधानमन्त्री ओलीले रौतहट र तराईको विकासका लागि चन्द्रानिगाहापुर सडक, गरुडामा खानेपानी आयोजना, नगरपालिकाको चक्रपथ निर्माण, कृषिको आधुनिकीकरण र मलको उपलब्धता, दरबन्दी नभएका विद्यालयमा दरबन्दी थप गर्ने प्रतिबद्धता जनाए।

लालबकैयाको बाढीपीडितको समस्या आफूलाई पहिल्यै जानकारी भएको बताउँदै प्रधानमन्त्रीले भारतीय बाँधको डुबानबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरिसकेको दाबी गरे।

अन्धविश्वास, कुरीति अब सहन नसकिने बताउँदै प्रधानमन्त्रीले भने, ‘बोक्सी लाग्ने भए चुनावमा अरुलाई हराएर बोक्सीले चुनाव जितिहाल्थे नि। लु मलाई कसैले बोक्सी लागेर देखाओस् त !’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily