+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानन्यायाधीशको प्रश्न : अहिले चुनावको वातावरण छ र?

4KNationalDaily
२०७७ माघ २५, आईतवार १३:४९ बजे

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले चुनावको वातावरणबारे सरकारी वकिललाई प्रश्न गरेका छन्।

आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सरकारी वकिल श्याम भट्टराईले प्रतिनिधि सभा विघटनका पक्षमा बहस गरिरहेका बेला प्रधानन्यायाधीश जबराले प्रश्न गर्दै अहिले त्यस्तो वातारवण छ र? भन्दै प्रश्न गरेका हुन्।

महान्यायाधीवक्ताको कार्यालयका वकिल श्याम भट्टराईले अब जनतामा जानुपर्ने बताएपछि प्रधानन्यायाधीशले प्रश्न गरे, ‘अहिले त्यस्तो वातावरण छ र?’

जवाफमा भट्टराईले फिल्ड मात्रै हेरेर नहुने भन्दै संविधान र राजनीतिक अधिकार पनि हेर्नुपर्ने तर्क गरेका थिए।

आइतबार सरकारी वकिलहरुको बहस सकिँदैछ। त्यसपछि प्रधानमन्त्रीका तर्फबाट निजी कानुन व्यवसायीले बहस सुरु गर्नेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily