गाेरखा- लकडाउनपछी सुस्ताएको फिल्मी क्षेत्र बिस्तारै जुरमुराउन थालेको छ। सहरमा मात्र होइन गाउँगाउँमा पनि फिल्मीहरु प्रदर्शन हुनथालेका छन्।
यसै सिलसिलामा उत्तरी गोरखाका लाप्राक-शिङ्ला-गुम्दामा नेपाली कथानक चलचित्र “पुर्णिमा” प्रदर्शन भइरहेको छ।
जनक गुरुङको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा अधिकांश गुरुङ कलाकारहरुको अभिनय रहेको छ ।
नवज्योति भिजन नेपालको दोस्रो प्रस्तुति रहेको यस चलचित्रमा लाल बहादुर गुरुङ, मनोज गुरुङ, सन्जित गुरुङ लगायतको अभिनय रहेको छ । जहाँ पुर्णिमा गुरुङ नायिकाको रुपमा देखिएकी छिन् ।
सामान्य बजेटमा बनाइएको यस चलचित्रको अधिकांश दृश्यहरु लमजुङ र उत्तरी गोरखामा खिचिएको कलाकार लाल बहादुर गुरुङले बताए।
कोरोना अघि नै प्रदर्शन हुनुपर्ने चलचित्र लकडाउनले पर धकेलिएको र अहिके उत्तरी गोरखाका गाउँहरुमा सफलतापुर्वक सम्पन्न भइरहेको उनले बताए।
देशका अन्य भागमा पनि प्रदर्शनको मिति छिट्टै तय गरिने उनले बताए । कोरोनाको यो कहरबिच बल्लतल्ल चलायमान हुन लागेको चलचित्र क्षेत्रका सुरुवाती दिनमै प्रदर्शन भइरहेको यश चलचित्रलाई सुभकामना।
प्रतिक्रिया