+
Search

ताजा अपडेट +

पपुलर +

निर्वाचन आयोगको मौनतामाथि प्रश्नचिह्न

4KNationalDaily
२०७७ फाल्गुन ३, सोमबार ०८:२० बजे

काठमाडौं- नेकपाको आधिकारिकताको विवाद टुंगो नलगाई कसरी निर्वाचन हुन्छ? राजनीतिक रुपमा विभाजित नेकपाको आधिकारिकताको विवादबारे अनिर्णयको बन्दी हुँदा निर्वाचनको तयारी गरिरहेको दाबी गर्दै आएको आयोगसमक्ष सो प्रश्न तेर्स्याउन थालिएको छ।

नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले गत माघ २० गते नेकपाको आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिएको थियो । आयोगले सरसर्ती त्यसबारे अध्ययन गरे पनि विवाद निरुपण गर्न कानुनी प्रक्रिया अघि बढाएको छैन।

जसको कारण वैशाख १७ र २७ गते निर्वाचन हुनेमा सबैतिरबाट प्रश्न उठेको खबर आजको समाचारपत्र दैनिकले छापेको छ। आइतबार निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगको छलफलमा सो पार्टीका नेता लीलामणि पोखरेलले यस्तो धारणा राखेका थिए।

त्यो भनेको निर्वाचन प्रयोजनका निम्ति दलहरुको दर्ता र आयोगमा दलहरुको बारेमा विवाद आयो भने त्यसको निरुपण गर्ने हो । त्यसै गरी निर्वाचन सम्पन्न गरेर निर्वाचित जनप्रतिनिधिलाई शासनसत्ता सञ्चालन गर्ने प्रमाणसहित आधिकारिकता दिने हो।

‘यस्तो अवस्थामा आयोगले दलसम्बन्धी विवादबारे परेको विषयमा मैले निरुपण गर्न सकिनँ, मैले गरिनँ भन्न मिल्दैन,’ –नेता पोखरेलको भनाइ छ । प्रचण्ड–माधव पक्षले उठाएको सो विषयमा आयोग र त्यसका पदाधिकारी मौन छन्।

ऐनअनुसार आधिकारिकता दाबी गरेपछि नेकपाको आधिकारिकता विवाद कानुनी प्रक्रियामा प्रवेश भएको औपचारिक रुपमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालगायत आयुक्तहरुले बताउँदै आएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily