+
Search

ताजा अपडेट +

पपुलर +

जसपाले संसद विघटनको विरोधमा फागुन ९ गते काठमाडौंमा प्रदर्शन गर्ने

4KNationalDaily
२०७७ फाल्गुन ५, बुधबार १९:११ बजे

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)ले संसद विघटनको विरोधमा काठमाडौंमा प्रदर्शन तथा विरोधसभा गर्ने भएको छ ।

जसपा निकट भ्रातृ तथा जनसंगठनहरू र काठमाडौं उपत्यकाका तीन वटै जिल्ला कमिटीले ९ फागुनमा रत्नपार्कमा संयुक्त प्रदर्शन र विरोधसभा गर्ने भएको हो ।

बुधबार काठमाडौंमा बसेको पार्टी पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटनलाई प्रतिगमनकारी कदम भन्दै संघर्षका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको जसपाका सूचना तथा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए ।

९ फागुनमै जसपाले सबै महानगर, उपमहानगर, नगर र गाउँपालिकामा जनप्रदर्शन र विरोध सभा गर्ने निर्णय गरेको छ ।

जसपाले ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको निरन्तर विरोध जनाउँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily