+
Search

ताजा अपडेट +

पपुलर +

ओली सरकार फासीवादी शासन सञ्चालनको दिशामा जाँदैछ, छिट्टै तह लगाउछौँ : नारायणकाजी श्रेष्ठ

4KNationalDaily
२०७७ फाल्गुन ७, शुक्रबार १६:५९ बजे

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओली सरकार फासीवादी शासन संचालनको दिशामा अघि बढेको बताएका छन्।

पार्टी कार्यालय पेसिसडाँडामा केन्द्रीय समितिको बैठकपछि बाहिरिने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले ओली सरकारको फासीवादी आचरणलाई केही दिनमा नै तह लगाउनेसमेत बताए।

‘ओली सरकार अवैधानिक ढंगले मलमिच्याइँपूर्ण काम गर्दैछ। सरकार नयाँ ढंगले फासीवादी शासन संचालनको दिशामा जाँदैछ। यो फासीवादको आचारण मात्र हो। यी आचरण केही दिनका लागि मात्र हुन्। यिनलाई हामीले केही दिनमै तह लगाउँछौँ,’ पत्रकारहरूँग उनले भने। प्र

देश २ का प्रमुख तिलक परियारलाई हटाइएको विषयमा पार्टीको धारणाका विषयमा श्रेष्ठले यस्तो बताएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नै परियारलाई हटाएर राजेश झालाई प्रदेश २ प्रमुखमा नियुक्त गरेकी छन्।

निर्वाचन आयोगले पार्टीको वैधानिकता दिन ढिलाइ गरेकोप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे। ‘निर्वाचन आयोगले गरेको ढिलाइप्रति सन्तुष्ट छैनौँ। तर संवैधानिक निकाय भएकाले यसले ढिलै भएपनि उचित नै निर्णय गर्ने विश्वास लिएका छौँ,’ श्रेष्ठले भने।

सरकारविरुद्ध आफूहरूको आन्दोलन नथाक्ने दृढता समेत उनले व्यक्त गरे। संविधानको रक्षा गर्न वचनबद्ध भएको र निर्लज्ज ओली सरकारको गतिविधिका विरुद्धमा आफूहरू लागिरहने उनको भनाइ छ।

‘संविधान र लोकतन्त्रको रक्षा गरी सामाजिक आर्थिक रूपान्तरण गर्न हामी दृढ छौँ। हाम्रो आन्दोलन सफल हुने कुरामा प्रष्ट छौँ,’ उनको विश्वास छ।

शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध भएको आन्दोलनको समीक्षासमेत गरेको छ। आन्दोलन सफलताको दिशामा अघि बढेको मूल्यांकन गरेको र सर्वोच्चले संविधानसम्मत ढंगले निर्णय गर्ने विश्वास बैठकले लिएको जानकारी प्रवक्ता श्रेष्ठले दिए।

निर्वाचन आयोगले कानुनको परिधिभित्र रही पार्टीको आधिकारिकताको विषयमा निर्णय गर्ने विश्वास बैठकको छ। यसअघि नै घोषणा भएको चौथो चरणको आन्दोलन सफल पार्न सिंगो पार्टी परिचालन गर्न निर्देशनसमेत भएको उनले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily