+
Search

ताजा अपडेट +

पपुलर +

बारपाकमा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिए

4KNationalDaily
२०७७ फाल्गुन १०, सोमबार १३:४२ बजे

काठमाडौं– जिल्लाको बारपाकमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन्।

सुलिकोट गाउँपालिका १ बारपाकमा एकै परिवारका तीन जना सोमबार बिहान सुतिरहेको अवस्थामा मृत फेला परेपछि स्थानीयले खबर गरेको गोरखाका प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्र गुरुङले बताए।

मृतकमा ८४ वर्षीय तीलबहादुर गुरुङ, उनकी बुहारी २१ वर्षीया आइतकुमारी गुरुङ र नातीनी १२ वर्षीया उषा गुरुङ रहेका छन्।

घटनास्थलमा बिहानै प्रहरी पुगिसकेको छ। थप अनुसन्धानका लागि प्रहरीको विशेष टोली घटनास्थलतर्फ प्रस्थान गरेको एसपी गुरुङले बताए।

मृतकको शरीरमा चोटपटक नदेखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily