चितवन- प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको निर्णय संगै चितवनमा रहेका नेकपा अध्यक्ष प्रचण्ड र माधव कुमार नेपाललाई आजको दिन विशेष बनेको छ।
प्रतिनिधि सभा विघटन विरुद्ध प्रदर्शनका लागि चितवन पुगेका प्रचण्ड र नेपालले अदालतको फैसलाको माहोललाई मनाउन लड्ड खुवाएका छन ।
नेकपाका अध्यक्ष प्रचण्डको सचिवालयले सार्वजनिक गरेको तस्विरमा अध्यक्ष प्रचण्डले नेपाललाई केक खुवाउदै गर्दा निकै प्रफुल्लित मुद्रामा देखिन्छन।
आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारको विरोधमा सडकमा गएका प्रचण्ड र नेपालले लड्डु खुवाउने कार्यक्रम पश्चात कार्यकर्तालाई सम्बोधन गर्दै भोलि चितवनमा विरोध सभा हैन विजयी सभा हुने बताएका थिए ।
प्रतिक्रिया