काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सत्तारुढ नेकपाले सभामुख अग्नि सापकोटाको भूमिका संकास्पद रहेको भन्दै संविधान कानुन बमोजिम नचले सत्तापक्षकै सांसदले सदन चल्न नदिने धम्कि दिएकाे छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार राति नेकपा संसदीय दलका पदाधिकारीहरु सहितका नेताहरुबीचको छलफलमा सभामुखले प्रचण्ड-माधव पक्षलाई दलको मान्यता दिने गरि अघि बढि प्रतिवाद गर्ने धम्कि दिएका हुन् ।
बैठकमा सहभागी एकले भने, ‘सभामुखको पारा अहिले पनि प्रचण्डको गुरिल्ला भन्दा माथि उठ्न सकेको छैन । आजै त बैठकमा नेताहरुले बोल्ने कुरा हुन्न,बहालवाला सांसदको निधन भएकाले श्रद्धान्जली दिएर सकिन्छ होला । तर प्रचण्डलाई दलको नेताको रुपमा बोल्न दिने सापकोटाको तयारी छ त्यसो भयो भने मुठभेड हुनसक्छ ।’
नेकपा कानुनी रुपमा विभाजन नभएको र संसदीय दलको नेता वैधानिक रुपमा केपी ओली नै रहेकाले प्रचण्ड-माधव पक्षले दुईपटक राजनीतिक निर्णयबाट प्रचण्ड नेता भने पनि त्यसलाई सचिवालयले कानुनी मान्यता नदिएको भन्दै ओली पक्षले सभामुखले जबर्जस्ति गरे,आफ्नो पक्ष पनि जबर्जस्तिमै उत्रिने चेतावनी दिएको छ ।
प्रतिक्रिया