फाइल तस्बिर
काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसलाबारे माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् ।
नेकपाको प्रचण्ड–माधव समूहले बोलाएको स्थायी कमिटी बैठक अगाडि माधव नेपाल निकट नेताहरु छलफलमा जुटेका हुन् ।
एक होटलमा जारी छलफलमा अब कसरी अगाडि बढ्ने भन्नेबारे पनि कुराकानी हुने नेपालनिकट एक नेताले बताए ।
पूर्वएमालेभित्र माधवकुमार नेपाल अल्पमतमा छन् । त्यसैले यो फैसलाले सबैभन्दा बढी समस्यामा उनी र उनलाई साथ दिँदै आएका नेताहरु परेका छन् । नेता नेपालले आफूहरु कानुनी परामर्शमा रहेको र फैसला पुनरावलोकनमा जाने बताएका छन् ।
प्रतिक्रिया