काठमाडौं- नेकपाको प्रचण्ड–माधव समूह सर्वोच्च अदालतको फैसला अनुसार एमाले र माओवादी केन्द्र दल बनाई पार्टी सञ्चालन गर्ने निर्णयमा पुगेका छन्।
प्रचण्ड–माधव पक्षको सोमबार पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले दुई दलले आ–आफ्नो तरिकाले पार्टी सञ्चालन गर्ने निर्णय गरेको हो।
स्थायी कमिटी सदस्यहरुको बैठकले अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र व्युँतिएकाले सोही बमोजिम छुट्टिने निर्णय गरेको बरिष्ठ नेता झलनाथ खनालले बताए । यो निर्णयसहित आजको प्रचण्ड-माधव पक्षको बैठक बिदाइ बैठकमा परिणत भएको छ ।
अदालतको फैसला स्विकार्दै पुनरावलोकन समेत गर्ने नेता झलनाथ खनालले बताए। बसेको बैठकपछि नेता खनालले राजनीतिक तरिकाले फैसला भएकाले पुनरावलोकन गर्ने बताए। एमाले र माओवादी केन्द्रको एकीकरण नभएको जनाउँदै सर्वोच्चले आइतबार फैसला सुनाएको थियो।
प्रतिक्रिया