+
Search

ताजा अपडेट +

पपुलर +

महाशिवरात्रिमा ३ दिन नागा बाबालाई निर्वस्त्र रहने अनुमति

4KNationalDaily
२०७७ फाल्गुन २५, मंगलवार ०८:३८ बजे

काठमाडौं- महाशिवरात्रि पर्वका लागि पशुपतिमा नागा बाबाको आगमन सुरु भएको छ। अघोर सम्प्रदायका साधु पनि उत्तिकै सङ्ख्यामा आएका छन्।

नागालाई मङ्गलबारदेखि शुक्रबारसम्म निवस्त्र रहने अनुमति दिइएको छ।

पशुपति गुठी गोश्वाराका पर्वपूजा संयोजक चेतमान गिरीका अनुसार एकादशीदेखि फागुन कृष्ण त्रयोदशीसम्म त्रिदिवसीय रूपमा महाशिवरात्रि मनाउने तयारी भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट एकादशीको बिहानै राष्ट्रपति निवासमा महाशिवरात्रिको सङ्कल्प पूजा भएपछि मुलुकका सबै शिवालयमा महाशिवरात्रि पर्व सुरु हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily