+
Search

ताजा अपडेट +

पपुलर +

एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

4KNationalDaily
२०७७ फाल्गुन २६, बुधबार १२:५० बजे

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को समय तालिका सार्वजनिक गरेको छ ।

एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म सन्चालन गर्ने निर्णय मंगलबार गरेको बोर्डले बुधबार परीक्षा तालिकासमेत सार्वजनिक गरेको हो ।

जेठ १३ गते पहिलो दिन अनिवार्य अँग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य सँस्कृत भाषा र साहित्य/अनिवार्य अँग्रेजी विषयको पनि परीक्षा हुने छ ।

जेठ १४ गते अनिवार्य नेपालीको परीक्षा हुने छ । जेठ १६ गते अनिवार्य गणित र जेठ १७ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

जेठ १८ गते सामाजिक र जेठ १९ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको परीक्षा हुने छ । २० गते ऐच्छिक गणितको परीक्षा हुने छ । सो दिन ऐच्छिक पहिलो पत्रका सबै विषयहरुको परीक्षा हुने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सन्चालन हुने छ ।

त्यस्तै बोर्डले जेठ २६ देखि असार ४ सम्म कक्षा १२ को परीक्षा लिने निर्णय गरेको छ । कक्षा १२ को परीक्षा पनि बिहान ८ बजेदेखि ११ बजेसम्म नै सञ्चालन हुने बोर्डले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily