+
Search

ताजा अपडेट +

पपुलर +

माछीखोलामा ‘हार्ट बजार’ आजदेखि सुरू हुदैं : जडिबुटी प्रर्बधन गर्ने उद्वेश्य

4KNationalDaily
२०७७ फाल्गुन २९, शनिबार ०९:४४ बजे

गाेरखा- जडिबुटीको समेत प्रर्बधन गर्ने उद्वेश्यका साथ धार्चे गाउँपालिकाकाे केन्द्र माछीखोलामा आजबाट हार्ट बजार सुरू हुने भएकाे छ ।

स्थानियले उत्पादन गरेको बस्तु बजारीकरण गर्ने उद्वेश्यका साथ गाउँपालिकाले माछीखोला क्षेत्रमा हार्ट बजार सुरू गरेको हाे ।

माछीखोलामा गाउँपालिका र युएनडिपीको साझेदारीमा हार्ट बजार निर्माण भएको गाउँपालिकाका अध्यक्ष सन्ताेष गुरूङले बताए ।

‘गाउँपालिका भित्रको ७ वटै वडाका दैनिक उपभोग्य बस्तुका साथै यहाँ पाईने जडिबुटीको समेत प्रर्बधन गर्ने उद्वेश्यका साथ हार्ट बजार सञ्चालनमा ल्याउन लागिएकाे हाे’ उनले भने ‘निर्वाहमुखी खेती प्रणालीलाई ब्यवसायमुखी बनाई कृषकको जिवनस्तर उकास्ने हिसाबले पनि हार्ट बजार सञ्चालनमा ल्याउन आवश्यक देखिएकोले भवन निर्माणको काम थालनी गरिएको हो ।’

हार्ट बजारमा पालिका भित्र पर्ने उच्च हिमाली क्षेत्रका आलु, टुसा, च्याउ, सिमी, फापर तथा जडिबुटी समेत बिक्रीको लागि राखिने छ ।

गाउँपालिकाको २० लाख र युएनडिपीको १२ लाख गरी कुल ३२ लाखमा भवन निर्माण भएकाे हाे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily