गाेरखा- चतुर्माला सामाजिक युवा क्लवको प्रथम वार्षिक उत्सवको अवसरमा राजधानीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । क्लबले राजधानीको बनस्थलीस्थिति बल्छी धुर्बे फुटसलमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त रक्तदान कार्यक्रममा ५० जना व्यक्तिले रक्तदान गरेको क्लवका अध्यक्ष रोशन देवकोटाले जानकारी दिए ।
क्लबले रक्तदान लगायत अन्य सामाजिक कार्यहरु गर्दै आइरेहेको बताउदै अध्यक्ष देवकोटाले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको बताए।
क्लवले रक्तदान कार्यक्रममा उपस्तिथि भइ सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरेको छ ।
प्रतिक्रिया